aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

एक हप्ताभित्र कोरोना बीमा बापतको एक अर्ब पैसा निकासा हुन्छः अध्यक्ष सिलवाल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १३ भदौ २०७९
एक हप्ताभित्र कोरोना बीमा बापतको एक अर्ब पैसा निकासा हुन्छः अध्यक्ष सिलवाल

काठमाडौं । बीमा समितिका अध्यक्ष सुर्यप्रसाद सिलवालले एक हप्ताभित्रमा कोरोना बीमा बापतको एक अर्ब रुपैयाँ निकासा हुने जनाएका छन् । सोमबार आयोजना गरिएको बीमा सम्बन्धी समसामयिक विषयमा पत्रकार भेटघाट कार्यक्रममा सिलवालले यस्तो जनाएका हुन् । कार्यक्रममा बोल्दै उनले भने, ‘कोरोना बीमा बापतको सरकारले दिन बाँकी रहेको रकम अर्थ मन्त्रालयले दिने भनेको छ । एक हप्ता भित्रमा एक अर्ब रुपैयाँ निकासा हुन्छ ।’

नेपालबाट विदेशमा गरिएको पुनर्बीमाको करिब ३ अर्ब रुपैयाँ नेपाली बीमा कम्पनीहरुले लिन बाँकी रहेको अध्यक्ष सिवालले जानकारी दिए । उनले भने, नेपाली विभिन्न बीमा कम्पनीहरुले विदेशमा गरेको बीमाको करिब ३ अर्ब रुपैयाँ लिन बाँकी रहेको छ । प्राय गरेर नेपाली बीमा कम्पनीहरुले दक्षिण अफ्रिका देशमाका बीमा कम्पनीमा गरेको बीमा उठ्न बाँकी रहेको छ । अब भने नेपालबाट रेटिंग नभएका कम्पनीहरुमा पुनर्बीमा नगर्ने समेत उनले जानकारी दिए । 

 

प्रतिक्रिया दिनुहोस