aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

भारतमा तत्कालै शुरु हुने भयो ५जी सेवा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १४ भदौ २०७९
भारतमा तत्कालै शुरु हुने भयो ५जी सेवा

एजेन्सी । भारतको रिलायन्स इन्डस्ट्रिज लिमिटेडले ४५ औं वार्षिक साधारण सभामा जियो ५जी सेवा सुरु गर्ने घोषणा गरेको छ। कम्पनीले यो वर्ष दिवालीमा जियोले ५जी सेवा सुरु गर्ने जनाएको छ। यसलाई पहिलो पटक मेट्रो सहरहरूमा ल्याइनेछ। यो आगामी डिसेम्बरसम्म देशभर ल्याइनेछ ।

यससँगै कम्पनीले ५जी जियो फोनको पनि घोषणा गरेको छ। कम्पनीले यसलाई गुगलसँगको साझेदारीमा बनाउँदैछ। कहिले लन्च हुनेछ, यसको मूल्य र सुविधाहरू के हुनेछन् भन्ने बारे धेरै जानकारी दिइएको छैन। २०२१ मा रिलायन्स जियोले गुगलसँगको सहकार्यमा Jio Phone Next 4G फोन लन्च गरेको थियो।

केही रिपोर्टहरूमा भनिएको छ,'c यस वर्षको अन्त्यसम्ममा लन्च गर्न सकिन्छ। यसै क्रममा अर्को रिपोर्ट आएको छ जसमा यो फोनको मूल्य २,५०० रुपैयाँभन्दा कम हुनसक्ने बताइएको छ । यद्यपि, ५जी स्मार्टफोनको मूल्य यति कम छ भनेर पत्याउन अलि गाह्रो छ। यस्तो अवस्थामा, यो मूल्य व्ष्य एजयलभ छन् फोनको लागि डाउन पेमेन्ट मान्न सकिन्छ। यस बाहेक यो फोनमा बन्डल्ड डाटा र अनलिमिटेड कलिङ बेनिफिट पनि उपलब्ध हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस