aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

थप २५७ जनामा कोरोना संक्रमण पुष्टि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १४ भदौ २०७९
थप २५७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । मंगलबार थप २५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ हजार ९२१ जनाको परीक्षणमा २५७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार १ हजार ४५८ जनाको पीसीआर परीक्षण गर्दा १४३ जना र २ हजार ४६३ जनाको एन्टिजेन परीक्षण गर्दा १४४ जनामा संक्रमण देखिएको छ । 

आजको थप संक्रमित सहित नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ४७ हजार ६८८पुगेको छ ।  २४ घण्टामा २३२ जना संक्रमणमुक्त भएका छन् । जसमध्‍ये २ हजार ९९१ जना होम आइसोलेसनमा रहेका छन्  । 

प्रतिक्रिया दिनुहोस