aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

रेल यात्रुले व्हाट्सएप मार्फत खाना अर्डर गर्न सक्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १५ भदौ २०७९
रेल यात्रुले व्हाट्सएप मार्फत खाना अर्डर गर्न सक्ने

एजेन्सी । भारतमा रेल यात्रुहरूले व्हाट्सएप मार्फत खाना अर्डर गर्न सक्नेछन्। भारतीय रेलवे खानपान र पर्यटन निगम खाना वितरण सेवा Zoop WhatsApp ले +91 7042062070 सँगको सहकार्यमा यो सुविधा सुरु गरेको हो। हाल एक सयभन्दा बढी स्टेशनमा यो सुविधा सुरु भइसकेको छ ।

रेल यात्रुहरूले अब नयाँ व्हाट्सएप च्याटबट मार्फत सन्देश पठाएर खाना अर्डर गर्न सक्नेछन्। खाना अर्डर गर्न यात्रुले आफ्नो एल्च् प्रयोग गर्नुपर्नेछ र उसको अर्डर सिधै सिटमा डेलिभर गरिनेछ। यात्रुहरूले वास्तविक समयमा उनीहरूको अर्डरहरू पनि ट्र्याक गर्न सक्छन्। 

रेलवेका अनुसार, व्हाट्सएपमा +91 7042062070 मा च्याट गर्न सक्नुहुन्छ। हाल, यो सेवा विजयवाडा, वडोदरा, मुरादाबाद, वारंगल, दीन दयाल उपाध्याय, कानपुर, आगरा क्यान्ट, टुन्डला जंक्शन, बलहारशाह जंक्शन र १०० भन्दा बढी रेलवे स्टेशनहरूमा उपलब्ध छ।

प्रतिक्रिया दिनुहोस