aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १७ भदौ २०७९
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २०६ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा १३४ र एन्टीजेन परिक्षण गर्दा ७२ गरी जम्मा २०६ जना नयाँ संक्रमित थपिएका हुन् ।   

त्यस्तै, पछिल्लो २४ घण्टामा ३९८ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९८.५ प्रतिशत रहेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा मृतकको संख्या तीन रहेको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट १२ हजार पाँच जनाको मृत्यु भइसकेको छ । 

पछिल्लो २४ घण्टामा २ हजार ८६९  जनाले कोरोना परिक्षण गरेका थिए भने खोप लगाउनेको संख्या ९८ हजार ४४४ रहेको छ । हाल सक्रिय संक्रमितको संख्या २ हजार ८९१ जना रहेका छन् ।    

प्रतिक्रिया दिनुहोस