aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

थप दुई सय जनामा कोरोना संक्रमण, दुई जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १८ भदौ २०७९
थप दुई सय जनामा कोरोना संक्रमण, दुई जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा दुई सय जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ९२ एन्टीजेन परिक्षण गर्दा १०८ गरी जम्मा दुई सय जना नयाँ संक्रमित थपिएका हुन् ।   

त्यस्तै, पछिल्लो २४ घण्टामा ३३९ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९८.५ प्रतिशत रहेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा मृतकको संख्या दुई रहेको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट १२ हजार सात जनाको मृत्यु भइसकेको छ । 

पछिल्लो २४ घण्टामा तीन हजार ५३७ जनाले कोरोना परिक्षण गरेका थिए भने खोप लगाउनेको संख्या २ लाख ९७ हजार ११५ रहेको छ । हाल सक्रिय संक्रमितको संख्या २ हजार ६४२ जना रहेका छन् ।     
 

प्रतिक्रिया दिनुहोस