
काठमाडौं । नेपालका विभिन्न हिमाल आरोहणका लागि २३७ जना विदेशीले अनुमति लिएका छन् । यस वर्षको शरद याममा विभिन्न १९ देशका २५ वटा टीमले हिमाल आरोहणको अनुमति लिएका हुन् ।
पर्यटन विभागको तथ्याङक अनुसार आरोहणको अनुमति लिनेमा १८३ जना पुरुष र ५४ जना महिला रहेका छन् । जसबाट २ करोड ९० लाख १४ हजार रुपैयाँ रोयल्टी प्राप्त भएको छ ।
विभागका अनुसार हिमाल आरोहणमा अनुमति लिएकाहरुमा सबैभन्दा धेरै मनास्लुका लागि २१४ जनाले अनुमति लिएका छन् । मनास्लु हिमाल आरोहणका लागि अनुमति लिएकाहरुबाट २ करोड ४५ लाख सात हजार ९ सय रुपैयाँ रोयल्टी प्राप्त भएको छ ।
त्यस्तै, हिमलुङ हिमालका लागि सात जनाले अनुमति लिएका थिए । जसबाट २ लाख २२ हजार रुपैयाँ रोयल्टी संकलन भएको छ । त्यसैगरी, धौलागीरी हिमाल आरोहणमा लागि पाँच जनाले अनुमति लिँदा ५ लाख ७३ हजार ५२५ रुपैयाँ रोयल्टी प्राप्त भएको छ ।
पर्यटन विभागका अनुसार नुप्सेका लागि पनि पाँच जनाले अनुमति लिँदा एक लाख ९१ हजार र सगरमाथा हिमाल आरोहणका लागि अनुमति लिएका पाँच जनाबाट ३५ लाख ३ हजार ५ सय रुपैयाँ रोयल्टी संकलन भएको छ । त्यस्तै, हिमाल शारीबुङ हिमाल आरोहणका लागि एक जनाले अनुमति लिएका थिए । जसबाट १५ हजार ८७७ रुपैयाँ रोयल्टी संकलन भएको छ ।
प्रतिक्रिया दिनुहोस