aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

चर्चित क्रिकेटर सन्दिप लामिछाने विरुद्ध बालिका बलात्कारको जाहेरी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २२ भदौ २०७९
चर्चित क्रिकेटर सन्दिप लामिछाने विरुद्ध बालिका बलात्कारको जाहेरी

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका कप्तान चर्चित क्रिकेटर सन्दिप लामिछानेविरुद्ध बालिकामाथि बलात्कार गरेको आरोपमा जाहेरी परेको छ । उनीविरुद्ध १५ वर्षीया नाबालिगलाई बलात्कार गरेको उजुरी परेको उपत्यका प्रहरी कार्यालयले जानकारी दिएको हो । 

यतिबेला सन्दीप क्रिकेट खेल्ने सिलसिलामा विदेशमा रहेका छन् । सन्दीपले बलात्कार गरेको तथ्य नाबालिगको साथीले बाहिर ल्याएको बताइएको छ । उनीविरुद्ध मंगलबार प्रहरी वृत्त गौशालामा जाहेरी परेको प्रहरी श्रोतको भनाई रहेको छ । 

सन्दीप क्यारेबियन लिग खेल्न जानुअघि बलात्कारको घटना भएको बताइएको छ । सामाजिक सञ्जालमार्फत सन्दीपको पीडित किशोरीसँग सम्पर्क भएको र भेटघाटपछि प्रलोभनमा पारेर बलात्कार गरेको जाहेरीमा उल्लेख गरिएको छ ।   

प्रतिक्रिया दिनुहोस