aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

ठूला शहरमा उडाउने योजना सहित श्री एयरलाइन्सले भित्र्यायो नयाँ जहाज

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०१ भदौ २०७६
ठूला शहरमा उडाउने योजना सहित श्री एयरलाइन्सले भित्र्यायो नयाँ जहाज

काठमाडौं । निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले क्यानेडियन जहाज निर्माता कम्पनी बम्मार्डियरको ८० सिट क्षमताको टर्बोजेट क्वू ४०० सिरिजको जहाज ल्याएको छ ।

उक्त जहाज ओमन हुँदै भारतको अहमदाबादबाट आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको हो । नेपाल भ्रमण वर्ष २०२० अभियानको सन्दर्भमा आन्तरिक उडानलाई थप विस्तार गर्ने लक्ष्यसहित नयाँ जहाज थपिएको कम्पनीका संस्थागत प्रबन्धक अनिल मानन्धरले जानकारी दिए।

योसँगै श्रीसँग पाँच जहाज भएका छन् । यसअघि आन्तरिक उडानमा ५० सीट क्षमताका सिआरजे २०० जहाज दुई थान, ७० सीट क्षमताका सिआरजे ७०० जहाज दुई थान थिए । सो जहाजल पोखरा, सिमरा र जनकपुर उडान गर्ने एयरलाइन्सको योजना छ ।
 

प्रतिक्रिया दिनुहोस