
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १६३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ११२ एन्टीजेन परिक्षण गर्दा ५१ गरी जम्मा १६३ जना नयाँ संक्रमित थपिएका हुन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा १३० जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९८.६ प्रतिशत रहेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा मृतकको संख्या ० रहेको छ । हाल सक्रिय संक्रमितको संख्या २ हजार ४३० जना रहेका छन् ।
प्रतिक्रिया दिनुहोस