
मोरङ । एसिया कप क्रिकेट खेलमा सट्टेबाजी खेलेको अभियोगमा विराटनगर महानगरपालिका-११ बाट ४ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा विराटनगर महानगरपालिका-११ पिचरा बस्ने ४२ वर्षीय राजेश ठाकुर, २८ वर्षीय रवि सहनी, ३४ वर्षीय नारायण श्रेष्ठ र २३ वर्षीय अजय सहनी रहेका छन् ।
एसिया कप क्रिकेट खेलमा सट्टेबाजी भइरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले खेलमा प्रयोग गरिएको ४ थान मोवाईल र नगद १८ हजार ५ सय रुपैयाँ सहित उनीहरुलाई फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस