aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

पर्यटन क्षेत्रमा मात्रै १ अर्ब रुपैयाँ भन्दाबढि लगानी प्रस्ताव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २६ भदौ २०७९
पर्यटन क्षेत्रमा मात्रै १ अर्ब रुपैयाँ भन्दाबढि लगानी प्रस्ताव

काठमाडौं । चालु आर्थिक वर्षको भदौ महिनामा पर्यटन क्षेत्रमा मात्रै १ अर्ब रुपैयाँ भन्दाबढि लगानी प्रस्ताव आएको छ । उद्योग विभागका अनुसार भदौ महिनाको २६ गतेसम्म पर्यटन क्षेत्रका सात उद्योगका लागि १ अर्ब ८४ करोड ५० लाख रुपैयाँ लगानी प्रस्ताव आएको हो । 

विभागका अनुसार यस अवधिमा काठमाडौंमा जिन मेटल होटलका लागि ५ अर्ब ५० करोड रुपौयँ लगानी प्रस्ताव आएको छ । त्यस्तै, कपिलवस्तुको लुम्बिनी ग्रिन रिसोर्टमा ग्रिन ज्याकपट इन्टरटेन्मेन्ट प्रालिका लागि २० करोड रुपैयाँ र गोर्खामा मनकामना रिट्रिट रिसोर्ट एण्ड स्पा प्रालिका लागि ३७ करोड रुपैयाँ लगानी प्रस्ताव आएको हो । 

त्यस्तै, सोही अवधिमा सुनसरीमा ग्राण्ड सेन्ट्रल होटल प्रालिका लागि ६० करोड, काठमाडौंमा पशुपति रेक्रिएशन प्रालिका लागि १७ करोड रुपैयाँ, कास्कीको हेरिटेज होटल एण्ड स्विट्स स्पा माभेन्टेन इन्टरटेनमेन्टका लागि २० करोड रुपैयाँ र झापामा किङसवरी इन्टरटेनमेन्टका लागि २५ करोड रुपैयाँ लागनी पूताव आएको विभागको तथ्यांकमा उल्लेख छ । 

विभागका अनुसार दर्ता भएका उक्त उद्योगहरुबाट ४६५ जनाले रोजगारी पाउने भउका छन् । 


 

प्रतिक्रिया दिनुहोस