aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

नोकिया जी११ प्लस फोन सार्वजनिक, यस्ता छन् विशेषता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २७ भदौ २०७९
नोकिया जी११ प्लस फोन सार्वजनिक, यस्ता छन् विशेषता

काठमाडौं । नोकिया फोनेको उत्पादक तथा वितरक एचएमडी ग्लोबलले नोकिया जी११ प्लस सार्वजनिक गरेको छ । जी सेरिजको सफलता संगै यस फोनमा नवीनतम एन्ड्रोइड १२, मासिक सुरक्षा अपडेटहरू, गुणस्तर र विश्वभर प्रसिद्ध लामो समयसम्म टिक्ने ब्याट्री ब्याकअप समावेश रहेका छन् । 

एचएमडी ग्लोबलका सीईओ, फ्लोरियन सेइश भन्छन्, “प्रारम्भिक प्रतिस्थापनले वातावरणमा पार्ने प्रभावका कारण संसारभरका मानिसहरूले आफ्नो स्मार्टफोनलाई लामो समयसम्म प्रयोग गर्ने गरेका छन्। नयाँ नोकिया जी११ प्लसमा उपभोक्ताहरूलाई लामो समयसम्म टिक्ने ३ दिनको ब्याट्री ब्याकअप, तीन वर्षको मासिक सुरक्षा अपडेटहरू र एन्ड्रोइडका तीन संस्करणहरू सुनिश्चित गरिएको छ ।  हामी हाम्रो गुणस्तर्य निर्माणमा प्रतिबद्ध हुन पाउँदा गर्व गर्छौं।”

अरु स्मार्टफोनहरु भन्दा दुई गुणा धेरै सुरक्षा अपडेटहरू भएको नोकिया जी११ प्लसले अनलाइन गतिविधिहरू सुरक्षित छन् भन्ने सुनिश्चित गर्दछ । यसमा फिंगरप्रिन्ट र फेस अनलक दुबै समर्थिन गर्ने मास्क मोडको साथ, दैनिक प्रयोग अझ सुविधाजनक भएको छ ।

३÷६४ जीबीकोको स्टोरेजमा उपलब्ध यो फोनको मूल्य १९ हजार ४९९ रुपैयाँ रहेको छ । निलो रंगमा उपलब्ध नोकिया जी११ प्लस नेपालभरिका सम्पूर्ण रिटेल स्टोरहरुमा उपलब्ध छ ।

नोकिया जी११ प्लस स्लिम नर्डिक डिजाइनमा तीन दिन लगातार चल्ने ब्याट्री जडान गरिएको छ ।  पूरै हप्ता बिना कुनै चिन्ता फोन प्रयोग गर्न मद्दत गर्दछ । नोकिया फोनहरूमा मात्र उपलब्ध सुपर ब्याट्री सेभरले आवश्यक परेको बेलामा थप केही घण्टाको प्रयोग सुनिश्चित गर्ने कम्पनीले जनाएको छ । पोली कार्बोनेट बडी भएको फ्लिप कलर फिनिशमा उपलब्ध यो फोनमा प्रकाशको अवस्था अनुसार रंग परिवर्तन हुनेछ । 

उक्त फोनमा रहेको एआई टेक्नोलजिद्वारा सहयोग गरिएको ५० एमपी क्यामेराले प्रयोगकर्तालाई कम प्रकाशमा पनि सहज रूपमा खिच्न मद्दत गर्नेछ । जी सिरिजमा रहेको ९० एचजेट पावरको साथ तस्बिरहरु प्रस्ट देखिनुको साथै ६.५” एचडी डिस्प्लेले अविश्वसनीय परिभाषा र स्पष्ट तस्बिरहरू सुनिश्चित गर्ने कम्पनीले जनाएको छ ।   
 

प्रतिक्रिया दिनुहोस