aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

थप १७९ जनामा काेराेना संक्रमण, एक जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २७ भदौ २०७९
थप १७९ जनामा काेराेना संक्रमण, एक जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १७९ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा १२७ एन्टीजेन परिक्षण गर्दा ५२ गरी जम्मा १७९ जना नयाँ संक्रमित थपिएका हुन् ।   

त्यस्तै, पछिल्लो २४ घण्टामा १७१ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९८.६ प्रतिशत रहेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा मृतकको संख्या एक रहेको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट १२ हजार १५ जनाको मृत्यु भइसकेको छ । 

पछिल्लो २४ घण्टामा चार हजार ९५९ जनाले कोरोना परिक्षण गरेका थिए भने खोप लगाउनेको संख्या शुन्य रहेको छ । हाल सक्रिय संक्रमितको संख्या २ हजार २७१ जना रहेका छन् ।     

प्रतिक्रिया दिनुहोस