
काठमाडौं । नमस्ते पेले चाडपर्व लक्षित नयाँ योजना ल्याएको छ । नमस्ते पेले दशैं, तिहार तथा छठ पर्व लाइ समेट्नेगरी फेस्टिभ क्याम्पेन ल्याएको हो ।
यस अभियानमा ४९ दिनसम्म नमस्ते पे प्रयोगकर्ताहरु विभिन्न सेवाहरु विभिन्न अफर पाउनेछन् । यस अभियानमा बम्पर अफरको रूपमा सात भाग्यशाली विजेताहरूले एक सय प्रतिशत क्यासब्याक प्राप्त गर्नेछन्। प्रयोगकर्ताहरूले जति धेरै कारोबार गर्नेछन् त्यति नै धेरै भाग्यशाली विजेता बन्ने र एक सय प्रतिशत क्यासब्याक पाउने मौका हुनेछ।
अभियान अवधिको बीचमा कुनै पनि सेवाहरू (वालेट टु वालेट ट्रान्फर र लोड फण्ड बाहेक) को कारोबार गर्ने प्रयोगकर्ताहरू बम्पर योजनामा सहभागी हुन योग्य हुनेछन् । नमस्ते पे मार्फत युटिलिटी बिलहरू भुक्तानी गर्दा प्रत्येक हप्ता एक भाग्यशाली विजेताको वर्षभरिको बिल नमस्ते पे ले तिरिदिने अफर रहेको छ ।
त्यस्तै, हवाई टिकट खरिद गर्दा हरेक हप्ता एक जना भाग्यशाली विजेताले एक हजार रुपैयाँ क्यासब्याक पाउनेछन् । अभियानको अन्त्यमा दुई जना भाग्यशाली विजेताले पोखराको राउण्ड हवाई टिकट निशुल्क पाउनेछन् । दशैं दक्षिणाको रूपमा आफ्नो परिवार र आफन्तहरूलाई वालेट टु वालेट ट्रान्सफर गर्ने २० जना भाग्यशाली प्रयोगकर्ताहरूले १०० प्रतिशत क्यासब्याक पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस