
काठमाडौं । नेपाल वायुसेवा निगमको वाइडबडी जहाजमा समस्या देखिएपछि इमरजेन्सी ल्याण्ड गरिएको छ । काठमाडौंबाट जापानको नारिताका लागि उडेको नेपाल वायुसेवा निगमको वाइडबडी जहाजमा समस्या आएको हो ।
विमानको काग्रो बक्समा समस्या आएको सूचना पाइलटले पाएपछि विमान उडेको १५ मिनेटमा नै पुन त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा ल्याण्ड गरिएको नागरिक उड्डउन प्राधिकरण त्रिभुवन विमान स्थलका अपरेसन विभागका निर्देशक टेकनाथ सिटौलाले आर्थिकन्युज डटकमलाई जानकारी दिए ।
कार्गो समान राख्ने ठाउँबाट धुवा आएपछि १ सय ८४ यात्रु बोकेर नारिता उडेको जहाज काठमाडौं फर्किएको हो । गएराति ११ बजे उडेको आरए ४३३ उडान नम्बरको जहाज आधा घण्टामै काठमाडौं फर्किएको हो । प्राविधिक जाँचपछि आज बिहान ९ बजे पुनः उडानको तयारी भइरहेको छ । अहिले विमानको प्राविधिक परिक्षण भइरहेको सिटौलाले बताए ।
प्रतिक्रिया दिनुहोस