aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

चार हजारमा परिक्षण गर्दा ११९ जनामा कोरोना संक्रमण पुष्टि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ भदौ २०७९
चार हजारमा परिक्षण गर्दा ११९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा एक सय १९ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ८९ एन्टीजेन परिक्षण गर्दा ३० गरी जम्मा एक सय १९ जना नयाँ संक्रमित थपिएका हुन् ।    

त्यस्तै, पछिल्लो २४ घण्टामा १३० जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९८.६ प्रतिशत रहेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा मृतकको संख्या शुन्य रहेको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट १२ हजार १५ जनाको मृत्यु भइसकेको छ ।  

पछिल्लो २४ घण्टामा चा हजार ८४ जनाले कोरोना परिक्षण गरेका थिए भने खोप लगाउनेको संख्या शुन्य रहेको छ । हाल सक्रिय संक्रमितको संख्या २ हजार १९१ जना रहेका छन् ।     
 

प्रतिक्रिया दिनुहोस