aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

सफ्टवेरिका कलेजमा निःशुल्क ड्रोन वर्कसप हुने, सहभागीका लागि दर्ता खुल्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ३० भदौ २०७९
सफ्टवेरिका कलेजमा निःशुल्क ड्रोन वर्कसप हुने, सहभागीका लागि दर्ता खुल्यो

काठमाडौं । १२ वर्षदेखि सूचना प्रविधि सम्बन्धी उच्च शिक्षा प्रदान गर्दै आएको सफ्टवेरिका कलेजले निःशुल्क ड्रोन वर्कसप गर्ने भएको छ । कलेजमा पढिरहेका विद्यार्थी तथा अन्य कलेजका विद्यार्थी, प्लस टु, ए लेभल, सिबिएसई पूरा गरेका विद्यार्थीहरु वर्कसपमा सहभागी हुन सक्ने कलेजले जनाएको छ । 

वर्कसप असोज १ गते शनिबार डिल्लीबजारस्थित सफ्टवेरिका कलेजको ब्लक इ मा सञ्चालन हुनेछ । ड्रोनको परिचय, साइन्स अफ एरोडाइनामिक्स, फेस ट्रयाकिङ प्रोजेक्ट, अटो म्यापिङ प्रोजेक्ट लगायतका विषयमा वर्कसप केन्द्रित हुने कलेज प्रमुख प्रमोद पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस