aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

अनलाइन ग्यामिङ कम्पनी ३८ प्रतिशतले बढे,४२ करोड अनलाइन गेमर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ३० भदौ २०७९
अनलाइन ग्यामिङ कम्पनी ३८ प्रतिशतले बढे,४२ करोड अनलाइन गेमर

एजेन्सी । अनलाइन गेमिङ उद्योगको वृद्धि हालैका वर्षहरूमा सबैभन्दा धेरै भएको छ। बोस्टन कन्सल्टिङ ग्रुप र भेन्चर क्यापिटल फर्म सेक्वियाका अनुसार भारतमा अनलाइन गेमिङ उद्योग हाल वार्षिक ३८ प्रतिशतले बढिरहेको छ। फाइभजी टेलिकम सेवाको शुरुवातपछि यो वृद्धि अझै बढ्ने अनुमान गरिएको छ । यसको तुलनामा यो उद्योग अमेरिकामा १० प्रतिशत र चीनमा ८ प्रतिशत मात्रै बढिरहेको छ ।

KPMG को अनुसार, ४०० भन्दा बढी गेमिङ कम्पनीहरू छन् र त्यहाँ ४२ करोड अनलाइन गेमरहरू छन्। चीनमा मात्रै उनीहरुको संख्या योभन्दा बढी छ । भारत विश्वको शीर्ष पाँच मोबाइल गेमिङ बजारहरूमा समावेश भएको छ। प्एःन् ले आर्थिक वर्ष २०२३–२४ को अन्त्यसम्ममा भारतीय गेमिङ उद्योगको आम्दानी २०२०–२१ मा १४,३११ करोड रुपैयाँ भारुबाट २९,४०० करोड रुपैयाँ भारुभन्दा बढी हुने अनुमान गरेको छ।

गुगल र माइक्रोसफ्ट जस्ता कम्पनीहरू क्लाउड गेमिङ परियोजनाहरूमा पहिले नै काम गरिरहेका छन्। न्ययनभि ले २०२० मा ४ जी र ५जी नेटवर्कहरूमा क्तबमष्ब ऋयिगम गेमिङको परीक्षण गर्‍यो। माइक्रोसफ्टले कोरियाली कम्पनी एसके टेलिकमसँग पनि हात मिलाएको छ ।

भारती एयरटेल डिजिटलका सीईओ आदर्श नायरले गेमिङ हाम्रो व्यापार रणनीतिको फोकस क्षेत्र हुने बताए। ५जी प्रविधिले कम विलम्बताको साथ उच्च गति प्रदान गर्ने भएको र  ५जी क्लाउड गेमिङको लागि सबैभन्दा बढी प्रयोग गरिनेछ।

यो वर्षको अन्त्यसम्ममा देशमा फाइभजी सेवा सुरु हुने भएको छ । यसअघि फ्रान्सेली क्लाउड गेमिङ फर्म ब्ल्याकनटले भारतमा ५जी नेटवर्कको साथ क्लाउड गेमिङ सेवा सुरु गर्न रिलायन्स जियो र एयरटेलसँग वार्ता गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस