
काठमाडौं । आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम एमडीएमएस लागू भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले विदेशबाट अवैध रुपमा आयात भएका मोबाइलको प्रयोगमा प्रतिबन्ध लगाउने उद्देश्यसहित आजदेखि एमडीएमएस कार्यान्वयनमा ल्याएको हो ।
मोबाइल सेटको गैरकानुनी आयात, बिक्री वितरण र प्रयोगलाई निरुत्साहित गर्न तथा चोरी भएका र हराएका मोबाइल फोनको ट्र्याकिङ तथा ब्लकिङ गरेर चल्न नमिल्ने बनाउनको लागि यो प्रणाली लागू गरिएको हो । आजसम्म विदेशबाट व्यक्तिगत तवरमा ल्याइएका मोबाइल सेट स्वतह एमडीएमएसमा दर्ता हुने पनि प्राधिकरणले जनाएको छ ।
तर अब मोबाइल किन्दा mdms.nta.gov.np मा गइ दर्ता भए/नभएको यकिन गरेर मात्रै किन्न पनि प्राधिकरणले आग्रह गरेको छ । अब विदेशबाट किनेर वा उपहारका रुपमा आएका मोबाइलको आईएमईआई दर्ता गर्नुपर्छ ।
एमडीएमएस पुर्ण रुपमा लागू भएपछि ग्रे मार्केटको नियन्त्रण हुने नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल बताउँछन् । उनी भन्छन्, ‘एमडीएमएस लागूपछि जे एस एमए डाटावेशमा हाम्रो एक्सिस रहन्छ । त्यसमा संसारका आधिकारिक उत्पादनहरुले उत्पादन गरेको मोबाइलको रेकर्ड हुन्छ । डुब्लिकेट मोबाइलहरु नेपालमा चल्दैन । राजस्व तिरेको र भन्सारमा इन्ट्री गरेको मोबाइलमात्र नेपालमा चल्छ । यसले पनि ग्रे मार्केटको नियन्त्रण हुन्छ ।’
प्रतिक्रिया दिनुहोस