aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

आइएमई पेको दशै अफरः डिजिटल भुक्तानी गर्दा लाखौंको उपहार पक्का

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ३१ भदौ २०७९
आइएमई पेको दशै अफरः डिजिटल भुक्तानी गर्दा लाखौंको उपहार पक्का

काठमाडौं । चाडपर्वको अवसरमा आइएमई पे ले पहिलो पटक भव्य स्तरमा आइएमई पे डिजिटल दशैं तिहार २०७९ अफर सार्वजनिक गरेको छ । उक्त अफर आश्विन १ गते देखि कार्तिक १५ गतेसम्म जम्मा ४६ दिनसम्म कायम हुने कम्पनीले जनाएको छ । 

नेपालको सर्वश्रेष्ठ अनलाइन शप्पिङ साईट, दराजसँगको सहकार्यमा सार्वजनिक गरेको यस अफरमा आइएमई पे मार्फत अफर अवधि भरी कुनै पनि भुक्तानी गर्दा दैनिकमा सामसुङको स्मार्टफोन, गोल्डस्टारको जुत्ता तथा डिशहोमको २०० एमबिपिएसको १ वर्षे फाइबरनेटका अतिरिक्त आइ टिभिको प्याकेज प्रदान गरिने छ । 

साथै, दराजको हजारौँ भाउचर कोड देखि लिएर १ जना भाग्यशाली विजेतालाई चन्द्रागिरि केबलकारको लाइफटाईम एक्सेस र दुईजना भाग्यशाली विजेतालाई बम्परमा राफ्ट मोटर्सको वारिअर इ–स्कुटर पनि उपहार स्वरुप प्रदान गरिने कम्पनीले जनाएको छ ।

आइएमई पे मोबाईल वालेटमार्फत विभिन्न कार्य तथा सेवाहरूको लागि सहजै अनलाइन भुक्तान गर्न सकिने छ  । यसै डिजिटल भुक्तानी सुविधालाई ग्राहकहरू माझ अझ बढावा दिन यस महा–अफर मार्फत आइएमई पेबाट विभिन्न भुक्तानी गरे बापत पनि उपहारहरू प्रदान गरिनेछ ।अफर अवधि भरी आइएमई पेबाट क्यूआर भुक्तानी गर्ने ५ जना भाग्यशाली विजेताले सामसुङ स्मार्टवाच ४ (प्रति), मोबाईल रिचार्ज गर्ने १ जना भाग्यशाली विजेताले एप्पल म्याक्बुक एयर १३.६ एमटु, हवाइ टिकट काट्ने २ जना भाग्यशाली विजेताले १ तोला २४ क्यारेट सुन (प्रति), आइएमई पेमा बैंकको खाता लिङ्क गर्ने २ जना भाग्यशाली विजेताले सामसुङ ग्यालेक्सी ट्याब एस सेवेन प्लस (प्रति) र आइएमई पेको भिसा कार्डबाट भुक्तानी गर्ने २ जना भाग्यशाली विजेताले सामसुङ स्मार्ट टिभि (५५ इन्च, प्रति) पाउनेछन् । 

चाडपर्व कै अवसर पारी आइएमई पे मार्फत क्रिस्टल डाइग्नोस्टिक, सिनामंगलमा भुक्तानी गर्दा प्रयोगकर्ताहरुले १५ प्रतिशत छुट र हिमाल डेन्टलमा १५ प्रतिशत छुट पनि प्राप्त गर्न सक्नेछन् । साथै आइएमई पेको प्रयोगकर्ताहरुले आइएमई पे एपमा कुनै पनि कारोवार गरेको आर्थिक बिवरण हिमाल डेन्टलमा देखाएमा निःशुल्क ओपिडि चेक–अप पनि पाउनेछन् । 

दैनिक उपहारको विजेताहरुको घोषणा हरेक हप्तामा एक पटक सामाजिक संजाल मार्फत हुनेछ भने अरु सबै उपहारहरुको विजेताको घोषणा अफर अवधि पश्चात सामाजिक संजालमा तथा कम्पनीको लागि सम्भावित कुनै पनि माध्यम मार्फत हुनेछ । 

विजेताहरुले अफर अवधिको अन्त्यमा मात्रै उपहारहरु प्राप्त गनेछन् । उपहारको लागि योग्य हुन प्रयोगकर्ताहरुले मुख्यतः आइएमई पे एपमा आफ्नो केवाइसि प्रमाणित गर्नु पर्ने नियम कम्पनीले स्पष्टाएको छ । यसका साथै आइएमई पे एपमा क्यास –इन र क्यास–आउट बाहेक अरु सम्पूर्ण भुक्तानीमा उपहार जित्न मिल्ने नियम राखिएको छ  । 
 

प्रतिक्रिया दिनुहोस