aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

आइएमई र हिमाल डेन्टलबीच सम्झौता, १५ प्रतिशतसम्म छुट पाइने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०२ असोज २०७९
आइएमई र हिमाल डेन्टलबीच सम्झौता, १५ प्रतिशतसम्म छुट पाइने

काठमाडौं । आइएमई पे र चाबहिलस्थित हिमाल डेन्टल होस्पिटलबीच साझेदारी सम्झौता भएको छ । सम्झौता अनुसार नेपालीहरुको महान चाड दसैं–तिहारको अवसर पारी सार्वजनिक गरिएको यस स्किममा आइएमई पेका प्रयोगकर्ताहरुले हिमाल डेन्टल होस्पिटलमा आइएमई पे मार्फत भुक्तानी गर्दा फ्ल्याट १५ प्रतिशत छुट पाउनेछन् । 

हालको निम्ति १ वर्षको लागि मात्र गरिएको यस सम्झौता मार्फत प्रयोगकर्ताहरुले आइएमई पेको ४६ दिने “डिजिटल दशैँ तिहार २०७९” क्याम्पेन भरी आइएमई पेमा कुनै पनि कारोवार गरेको आर्थिक विवरण हिमाल डेन्टलमा देखाएमा निःशुल्क ओपिडि चेक–अप सुविधा पनि प्राप्त गर्न सक्नेछन् ।
 

प्रतिक्रिया दिनुहोस