aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

क्यान महासंघका निवर्तमान अध्यक्ष विट्साको ‘वोर्ड अफ डाइरेक्टर्स’ मा निर्वाचित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०२ असोज २०७९
क्यान महासंघका निवर्तमान अध्यक्ष विट्साको ‘वोर्ड अफ डाइरेक्टर्स’ मा निर्वाचित

काठमाडैं । कम्प्युटर एशोसियसन नेपाल महासंघ (क्यान महासंघ) का निवर्तमान अध्यक्ष हेमन्त कुमार चौरासिया वर्ल्ड इन्फर्मेसन टेक्नोलोजि एन्ड सर्भिसेज एलायन्स  विट्साको सन् २०२२ देखि २०२४ सम्मकाे कार्यकालको निम्ति बोर्ड अफ डाइरेक्टरमा पुनः निर्वाचित  भएका छन्  । 

गत हप्ता बसेको विट्साको वार्षिक साधारणसभामा क्यान महासंघको प्रतिनिधित्व गर्दै चौरासिया सो पदमा आफ्नो तेश्रो कार्यकालका निम्ति निर्वाचित भएका हुन् । यसअघि उनी सन् २०१८ देखि २०२० सम्मकाे २० कार्यकालको निम्ति क्यानमा महासंघबाट प्रतिनिधित्व गर्दै सोही पदमा निर्वाचित भएका थिए ।

सन् २०२० देखि २०२२ सम्मकाे कार्यकालमा कोषाध्यक्ष थिए । चौरासियाले सन् २०१७ देखि २०१९ कार्यकालका निम्ति क्यान महासंघमा अध्यक्षको रुपमा नेतृत्व गरेका थिए ।

द नेशनल टेक एसोसियशन अफ मलेशिया ९पिकोम० का अध्यक्ष डा। शिन सीहको अध्यक्षतामा निर्वाचित २० सदस्यीय समितिमा ५ महादेशवाट प्रतिनिधित्व गर्दै मलेसिया, ब्राजिल, स्पेन, वर्मुडा, दक्षिण अफ्रिका, कोस्टारिका, जोर्डन, हंगकंग, बहराईन, नाइजेरिया, नेपाल, उत्तरी म्यासेडोनिया, क्यानाडा, अर्जेन्टिना, बङ्गलादेश, जापान, ताईवान, ईजिप्ट, रोमानिया र अर्मेनियाका सूचना तथा संचार प्रविधि सम्बन्धि काम गर्ने संगठित छाता संगठनका प्रतिनिधिहरु निर्वाचित भएका छन् ।
 

प्रतिक्रिया दिनुहोस