aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

यस्तो छ सेलपेको दशैं धमाका अफर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०२ असोज २०७९
यस्तो छ सेलपेको दशैं धमाका अफर

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रालिको सेलपे सेवाले विजया दशमीको अवसरमा आफ्ना ग्राहकहरुका लागि आकर्षक अफर ल्याएको छ । यस योजना अन्तर्गत हरेक ग्राहकहरुले विभिन्न सेवाहरुमा क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

हवाई टिकटमा एक् हजार दुई सय रुपैयाँसम्मको क्यासब्याक, बस टिकटमा १० प्रतिशतसम्मको क्यासब्याक, सुबिसु इन्टरनेट भुक्तानीमा ५ प्रतिशत क्यासब्याक, भायोनेट इन्टरनेट भुक्तानीमा ५ प्रतिशत क्यासब्याक र मोबाईल रिर्चाजमा ६ प्रतिशत  क्यासब्याक ग्राहकहरुले पाउने भएका छन् ।  

यो योजना असोज १ गतेदेखि असोज ३१ गतेसम्म लागु हुनेछ । सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो । सेलपेका अन्य विशेषताहरुमा वास्तविक समयमा भुक्तानी, सरल र सुरक्षित, बैंक खाताका साथै वालेटबाटबाट पनि कारोबार गर्न सकिने रहेका छन् । 


 

प्रतिक्रिया दिनुहोस