aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

डिशहोममा रिचार्ज गर्दा धनकुटाका सन्त बहादुरले जिते नगद एक लाख

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०३ असोज २०७९
डिशहोममा रिचार्ज गर्दा धनकुटाका सन्त बहादुरले जिते नगद एक लाख

काठमाडौं । अब १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाईने भएको छ । यो योजना अन्तर्गत डिशहोम डिटिएचका ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ बर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउने छन् ।

साथै यो अफर अन्तर्गत रिचार्ज गर्ने मध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद एक लाख जित्ने अवसर पाउनेछन् । यसै क्रममा पाखृवास न पा २ धनकुटा, फलाटेका सन्त बहादुर राना मगरले  एक लाख जितेका छन् ।

भारद्वाज इन्टरप्राइजेज  डिलर अन्तरगत रहेको केडिएचएएन–१० का योगेश इलेक्टोनिक्स पाखृवासका डिलर दाईकोमा एक वर्ष रिचार्ज गरेर सन्त बहादुरले लक्कि ड्रमा सहभागी हुने अवसर पाएका थिए ।  

डिशहोमको तर्फ वाट सेल्स अफिसर मनोज रिजालले पुरस्कार रकम हस्तान्तरण गरेका छन् । विजेता सन्त बहादुर राना मगरलाई हार्दिक वधाई दिदै सम्पुर्ण डिशहोम डिटिएचका ग्राहकहरुले यो योजनामा सहभागी जनाई लाभ लिनेछन्  भन्ने विश्वास कम्पनीले लिएको छ । 

लक्कि ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टिभी, रमाईलो एचडी, सरोकार टिभी, नेपाः च्यानल, र डिशहोम सोकेसमा हेर्नसक्नेछन् ।
 

प्रतिक्रिया दिनुहोस