_20220919170149.jpg)
काठमाडौं । नेपालको नम्बर एक स्मार्ट फोन ब्रान्ड साओमीले चाडपर्वको अवसर पारेर आफ्नो मोबाइल सेटहरुमा सिमित अवधि को लागि उल्लेखनीय रुपमा मुल्य घटाएको छ । नेपालीहरुको महान चाड दसैं, तिहार तथा छठको शुभ अवसर पारेर आफ्नो उपभोक्ताहरुको लागि यस योजना ल्याइएको कम्पनीले जनाएको छ ।
यस बारेमा बोल्दै साओमी नेपालका कन्ट्रि जेनेरल म्यानेजर अमित कुमार पंडाले भने,“नेपालीहरुको महान चाड दसैंँको शुभ उपलक्ष्यमा हाम्रा उपभोक्ताहरुको लागि साबिक भन्दा कम मुल्यमा मोबाइल फोन उपलब्ध गराउन गइरहेका छौँ । यसले यहाँहरुको चाडपर्वको माहोललाई अझै रोमान्चक बनाउने छ भन्ने हामीले आशा लिएका छौँ ।
यो अफर अन्तर्गत उपभोक्ताहरुले रेडमी नोट ११ सिरिजमा १ हजार रुपैँया र रेडमी नोट १२ सिरिजमा ३ हजार रुपैयाँसम्म को कम मुल्यमा मोबाइल सेट खरिद गर्न सक्नेछन् । यो अफर सिमित अवधि को लागि असोज २ गते देखि १७ गते सम्म लागु हुनेछ ।
प्रतिक्रिया दिनुहोस