
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा दुई सय ७४ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ३९ एन्टीजेन परिक्षण गर्दा ३५गरी जम्मा ७४ जना नयाँ संक्रमित थपिएका हुन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा १६० जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९८.६ प्रतिशत रहेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा मृतकको संख्या शुन्य रहेको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट १२ हजार १६ जनाको मृत्यु भइसकेको छ ।
पछिल्लो २४ घण्टामा चार हजार ५८ जनाले कोरोना परिक्षण गरेका थिए भने खोप लगाउनेको संख्या शुन्य रहेको छ । हाल सक्रिय संक्रमितको संख्या १हजार ६१९ जना रहेका छन् ।
प्रतिक्रिया दिनुहोस