
काठमाडौं । नेपाल पर्वतारोहण संघको आयोजनामा भुगोलविद् स्वर्गीय डा. हर्क गुरुङको १६औं स्मृति दिवस मनाईएको छ । शनिबार संघले श्री एयरको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका भुगोलविद् स्वर्गीय डा. गुरुङको स्मृति दिवस मनाइएको हो ।
उक्त कार्यक्रम संघसहित गुरुङ पर्यटन व्यवसायी संघ, तमू बौद्ध सेवा समिति र न्यु एराले आयोजना गरेका हुन् । ‘वर्तमान सन्दर्भमा जनसंख्या, आन्तरिक बसाइसराई र पर्वतीय पर्यटनः एक सिंहवालोकन’ शीर्षकमा कार्यक्रम गरिएको थियो ।
नेपालको पहिलो पर्यटन मन्त्री, पर्वतारोहण संघका संस्थापक स्वर्गीय गुरुङसहित अन्य थुप्रै महत्वपूर्ण व्यक्तिहरु १६ वर्षअघि वन्यजन्तु संरक्षण सम्बन्धित कार्यक्रममा सहभागी भई फर्कने क्रममा ताप्लेजुङको घुन्सामा हेलिकप्टर दुर्घटनामा मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस