
काठमाडौं । नेपालमा होटल खुल्ने क्रम बढ्दो रहेको छ । गत आर्थिक बर्षसम्म मात्र १ सय ३९ वटा तारे होटल, ५ सय ३० पर्यटकस्तरीय होटल र २०६ वटा होमस्टे सञ्चालनमा रहेका छन् ।
नेपालमा तारे होटलका रुपमा पारस, शंकर, अन्नपूर्ण, याक एण्ड यती, सोल्टी क्राउन प्लाजा, साङ्ग्रिला, काठमाडौं, द मल्ल, हिमालन, एभरेष्ट, एम्वेसेडर, समिट नारायणी, तारागाँउ रिजेन्सी प्रिमियर, काठमाडौं मेरियट होटल, हायात रिजेन्सी, ¥याडिसन लगायतका दर्जनौ ठुला साना तारे होटलहरु छन् । थपिने क्रम पनि छन् र नै त हाल १ सय ३९ वटा त तारे होटलहरुको संख्या नै पुगेको छ । अझै होटल थपिने क्रम समेत बढी रहेको छ ।
वि.स. २०७२ सालमा आएको भूकम्पले क्षती पू¥याएर बन्द गरिएको नयाँ बानेश्वरस्थित पाँचतारे एभरेष्ट होटल बन्द अवस्था मै रहेको पर्यटन विभागको होटल तथा पर्वतारोहण शाखा निर्देशक मिरा आर्चायले जानकारी दिइन् । त्यस्तै पाँचतारे होटल पोखरास्थित फुलबारी रिसोर्ट पनि बन्द अवस्थामै रहेको उनले बताइन् । उनले भनिन् खुलेका १५ वटा पाँचतारे होटल मध्ये दुईवटा बन्द भएका छन् भने अन्य १३ वटा होटल सञ्चालन मै रहेको छन् । यसरी नेपालमा होटलहरु खुल्ने र बन्द हुने क्रम चलि नै रहेको भएता पनि हाल बन्द हुने भन्दा खुल्ने क्रम तीव्रता पाएको आचार्यको भनाई छ ।
पर्यटन विभागका अनुसार चालु आर्थिक बर्ष मात्रै लगभग १२ वटा ४ र ५ तारे पाइपलाइनका होटलहरु रहेका छन् । त्यस्तै २०७५र७६ मा मात्रै ४ वटा पाँचतारे र ५ वटा चारतारे गरी ९ वटा होटलहरु सञ्चालनमा आएका छन् ।
कुनै मानिसले घरदेखि बाहिर २४ घण्टा भन्दा बढी बिताउने गरी, व्यापारीक लगायत नाफामुलक उद्देश्य बिना कुनै निश्चित ठाउँमा घुम्न जाने व्यक्तिलाई नै पर्यटक भन्ने गरिन्छ । ति पर्यटकहरुको उद्देश्य रुची फरक फरक हुनसक्छ । जस्तै बिदा मनाउने, तीर्थयात्रा गर्ने, अध्ययन अनुसन्धान गर्ने, पदयात्रा गर्ने, पहाडमा चढ्ने, जलयात्रा गर्ने, सभा सेमिनार गर्ने, स्वास्थ्य उपचार गर्न, शिकार गर्ने आदि उद्देश्यले मानिसहरु घुम्न निस्कन्छन् । उनीहरुलाई खानपान गर्ने र रात बिताउने व्यवस्था गर्नका लागि नै होटल सञ्चालनमा ल्याइएका हुन्छन् ।
चालु आर्थिक बर्ष एकै महिनामा १४ वटा साना, मझौला र ठूला होटलका लागि वैदेशिक लगानी भित्र्याएका छन् । साउन महिनामा मात्रै २ अर्व ३७ करोड वैदेशीक लगानी भित्र्याएको १४ होटलको प्रस्ताव गरेका हुन् ।
साना, मझौला र ठूला अन्र्तगतका होटलहरु रहेका छन् । यस्ता पर्यटन उद्योग काठमाडौं लगायत बाहिरका जिल्लाहरुमा विदेशीले होटल तथा रेष्टुरेन्टमा लगानी गर्ने जनाएका छन् । विभागको तथ्यांक अनुसार यी सबै होटल तथा रेष्टुरेन्ट सञ्चालनमा आएपछि करिव ६ सय २४ जनाले प्रत्यक्ष रोजगारी पाउने बताएका छन् ।
अब होटलमा लगानि गर्ने वैदेशिक लागानीकर्ताको लहर देखिन थालेको छ । पर्यटनमा वैदेशिक लगानीका हिसावले अबका वर्षहरु उत्साहजनक हुने देखेको छौं । पर्यटन बर्ष नजिएकैसंगै होटल खोल्नेको र लगानी गर्नेको ताती समेत रहेको छ ।
राजनीतिक स्थिरतासँगै नीतिगत रुपमा भएका परिवर्तनले पनि विदेशी लगानी भित्रिने क्रममा तीव्रता आएको बताए । सरकारले पनि पर्यटन क्षेत्रलाई विशेष महत्व दिएकाले होटलमा वैदेशिक लगानी बढ्दै गएको ठम्याइ विभागको छ ।
चालु आर्थिक बर्षको साउन महिनाको मसान्तसम्म मात्र पर्यटन अन्र्तगत होटल रेष्टुरामा २ अर्व ३७ करोड वैदेशीक लगानी भित्रीएको छ । साना, मझौला र ठूला अन्र्तगतका होटलहरु रहेका छन् । यस्ता पर्यटन उद्योग काठमाडौं लगायतका जिल्लामा विदेशीले होटल तथा रेष्टुरेन्टमा लगानी गर्ने जनाएका छन् । विभागको तथ्यांक अनुसार यी सबै होटल तथा रेष्टुरेन्ट सञ्चालनमा आएपछि करिव ६ सय २४ जनाले प्रत्यक्ष रोजगारी पाउने बताएका छन् ।
गत आर्थिक बर्ष साना, मझौला र ठुला १ सय ३१ होटलमा १० अर्ब ५३ करोड ८० लाख ९० हजार वैदेशीक लगानी भित्रिएको छ । विभिन्न तारे होटल लगायत रेष्टुरामा समेतमा वैदेशिक लगानी भित्रिने क्रम बढी रहेको उद्योग विभागका सूचना अधिकारी विनोद खड्काले जानकारी दिए । गत बर्ष मात्रै होटल र रेष्टुरामा रोजगारी पाउनेको संख्या ४ हजार ३ सय ४७ रहेको छ ।
यसमा पनि नेपालको विकासको मुहार फेर्न सक्ने र दीर्घकालिन उपलब्धि हुन सक्ने योजनाको रूपमा अगाडि सारिएको ठूला पूर्वाधार मात्रै हो । यस्तो ठूला पूर्वाधार मध्येको सरकारले विदेशी लगानी खोजेको क्षेत्र हो होटल ।
प्रतिक्रिया दिनुहोस