aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

दश तस्बिरमा हेरौं नेपालको सुन्दरता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १८ असोज २०७९
दश तस्बिरमा हेरौं नेपालको सुन्दरता

काठमाडौं । नेपाल सुन्दरताले भरिएको देश हो । सुन्दरताको बयान गर्दा नेपालको प्रकृतिको बयान गरिएन भने पूर्ण हुँदैन । विश्वका उच्च हिमशृङ्खलामध्ये आठवटा नेपालमै पर्छन् ।

सगरमाथा, कञ्चनजङ्घा, ल्होत्से, मकालु, चोयु, धवलागिरि, मनास्लु, अन्नपूर्ण हिमाल नेपालमा नै रहेका छन् । त्यसैले नेपाल हिमालयको स्वर्ग हो । तराई त नेपालको अन्नभण्डार नै हो । यहाँका खेत–खलियानका धान, उखु, गहुँ, र तोरीबारीले सधैँ मन प्रफुल्ल पारिरहेको हुन्छन् । 

शुक्लाफाँट, बाँके, बर्दिया, चितवन, पर्सा, कोशीटप्पु आदि राष्ट्रिय निकुञ्जले तराईको सुन्दरतालाई अझै सुनमा सुगन्ध थपिदिएको छ ।प्राकृतिक सम्पदाका दृष्टिबाट हेर्दा नेपाल विश्वका सबैभन्दा धनी देशहरुमध्ये एक हो । नेपालको प्रकृतिक सम्पदामा जल सम्पदा, वन सम्पदा र प्राकृतिक सौन्दर्य रहेका छन् । यी प्राकृतिक सम्पदाको उपयोग गर्नसके नेपाल संसारकै सम्पन्न मुलुक बन्नसक्छ ।

हेरौं, तस्बिरमा

पाेखरा

इलाम


 

कुस्मा 


 

लुम्बिनी 

मुस्ताङ 

चितवन 

रारा ताल

सगरमाथा

 

घलेगाउँ 

धरहरा

प्रतिक्रिया दिनुहोस