
काठमाडौंं । नेपालको नम्बर १ स्मार्टफोन र स्मार्ट टिभी ब्रान्ड मी नेपालले शाओमी स्मार्ट एयर फ्रेअर सँगै स्मार्ट टिभीको लाइनअप सार्वजनिक गरेको छ ।
स्मार्ट टिभी लाइनअपमा रेडमी स्मार्ट टिभी एक्स सिरिज अन्तर्गत एक्सएल अनुभव प्रदान गर्ने रेडमी स्मार्ट टिभि एक्स४३, रेडमी स्मार्ट टिभि एक्स४३ फुल एचडी, एमआई टिभि ५ एक्स४३, शाओमी टिभि एक्स सेरिज एक्स५५ एमआई टिभि ५५एमआई टिघि ५ए४३ र घरमै थिएटरको अनुभव दिने मीको सबैभन्दा ठूलो र सबैभन्दा प्रिमियम स्मार्ट फ्ल्यागशिप एल६इएलएमआई क्युएलइडी टिभि ७५ रहेका छन् ।
लन्चको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पंडाले भने, एई क्युएलइडी टिभि ७५ ले घरमै उत्कृष्ट सिनेमाको अनुभव प्रदान गर्दछ । प्रयोगकर्ताहरूले अब पप आउट हुने आश्चर्यजनक दृश्यहरू र रंगहरूका साथ आफ्नो लिभिङ्ग रुमलाई थिएटरमा रूपान्तरण गर्न सक्नेछन् ।’
शाओमी स्मार्ट एयर फ्रेअरको लन्चबारे थप्दै उनले भने, “उपभोक्ताहरू आफ्नो स्वास्थ्यको बारेमा सचेत भइरहेकाले नेपालमा स्मार्ट एयर फ्रायरको बजार तीव्र रूपमा बढ्दै गएको छ । शाओमीमा, हामी हाम्रा उपभोक्ताहरूको आवश्यकता र प्राथमिकताबारे गहिरो अध्यन गर्छौं । त्यस अनुरूप, शाओमी स्मार्ट एयर फ्रेअर ३.५ एल नेपाली बजारमा लन्च गर्न पाउँदा अत्यन्तै खुसी छौं ।’
उनका अनुसार यस स्मार्ट एयर फ्रायरमा आकर्षक डिजाइन कम्पोनेन्ट र नयाँ प्रविधिहरू एकीकृत गरिएको छ । स्मार्टर लिभिङ पोर्टफोलियोलाई विस्तार गर्ने लक्ष्य लिएका हामी,हाम्रो प्रयास सधैं सबैका लागि नवीनतम उत्पादन प्रदान गर्ने हो र शाओमी स्मार्ट एयर फ्रेअर ३.५ एल त्यसैको प्रमाणीकरण हो ।
प्रतिक्रिया दिनुहोस