aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

दीगो पर्यटन विकासको लागि बृहत् योजना बनाउन आवश्यक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १२ असोज २०७९
दीगो पर्यटन विकासको लागि बृहत् योजना बनाउन आवश्यक

भैरहवा । दीगो पर्यटन विकासकोलागि सबैको सहभागितामा बृहत् योजना बनाउनु जरुरी रहेको पर्यटन विज्ञहरुले बताएका छन् । ४३ औ विश्व पर्यटन दिवसको अवसरमा भैरहवामा आयोजित कार्यक्रममा बोल्दै पर्यटन विज्ञहरुले प्रचार प्रसार तथा पर्यटकीय आकर्षण हुने ठाउँको योजना बनाएर नै विकास गरिनु पर्ने बताएका हुन् ।

कार्यक्रममा प्राध्यापक डा. पशुपति न्यौपानेले २० बर्षपछि टुरिज्मको मुख्य हब बनाउनेगरि रुपन्देहीमा केही गर्न सकिने बताउँदै योजना बनाउनु पूर्व पर्यटनको बारेमा अध्ययन अनुसन्धान गर्नु पर्ने बताए । कार्यक्रममा प्राध्यापक डा. राम थपलियाले आन्तरिक राजनितिले पनि पर्यटनलाई समस्याग्रस्त बनाएको बताउँदै पर्यटन विकासकोलागि सबैको एकता जरुरी रहेको बताए ।

एक कार्यक्रममा बोल्दै लुम्बिनी बौद्ध विश्व विद्यालयका उपकुलपति हृदयरत्न बज्राचार्यले पर्यटन विकासका लागि कुशल कर्म गर्दै अगाडि बढ्नु जरुरी रहेको बताउँदै पर्यटनको अध्ययन अनुसन्धानमा विशेष चासोका साथ काम अगाडि बढाउन विश्वविद्यालय लागेको बताए ।

कार्यक्रममा लुम्बिनी विकाष कोषका बरिस्ठ प्रमुख प्रशासकिय अधिकृत ज्ञानिन राईले लामो समय बस्ने पर्यटक ल्याउनु जरुरि रहेको बताए । उनले लुम्बिनीमा पर्यटकको बसाई लम्बाउन विकास कोषको तर्फबाट पुर्ण रुपमा सहयोग हुनेछ ।

कार्यक्रममा राम्रो पर्यटक गाईड नहँुदा दिर्घकालिन पर्यटन विकासमा समस्या भोग्नु परेको नाट्टा लुम्बिनी प्रदेशका बरिस्ठ उपाध्यक्ष चन्द्र बहादुर थापाले बताए । उनले स्थानिय तहले पर्यटन सम्बन्धि कार्यक्रमलाई प्राथमिकता नदिएको कारण पनि समस्या भएको बताए । सो अवसरमा पत्रकार दिपेन्द्र बडुवालले लुम्बिनीलाई केन्द्रमा राखेर लुम्बिनी प्रदेशको दिर्घकालिन पर्यटन गुरु योजना बनाउनु पर्नेमा जोड दिए । 

प्रतिक्रिया दिनुहोस