
काठमाडौं । काठमाडौंबाट सोलुखुम्बुको लुक्लाका लागि हुने नियमित अब उडान रामेछापको मन्थलीबाट हुने भएका छन । नेपाल नागरिक उड्डयन प्राधिकरणले १ अक्टोवरबाट लागू हुने गरी वायुसेवा कम्पनीले काठमाडौंबाट एक उडान मात्र लुक्लाका लागि गर्न पाउने र अन्य उडान रामेछापको मन्थलीस्थित विमानस्थलबाट गर्नुपर्ने निर्णय गरेको हो ।
त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार काठमाडौंमा बिहानको समयमा हुने हवाई चाप घटाउन यस्तो निर्णय लिइएको हो । कोभिड १९ भन्दा अगाडी समेत काठमाडौंबाट लुक्लामा हुने उडान रामेछाप सारिएको थियो । लुक्लामा समिट एयर, तारा एयर, सीता एयरले नियमित उडान गरिरहेका छन ।
प्रतिक्रिया दिनुहोस