aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

हिमाल आरोहणका लागि ७८५ जनाले लिए अनुमति, ६ करोड भन्दाबढि रोयल्टी संकलन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २४ असोज २०७९
हिमाल आरोहणका लागि ७८५ जनाले लिए अनुमति, ६ करोड भन्दाबढि रोयल्टी संकलन

काठमाडौं । नेपालका विभिन्न हिमाल आरोहणका लागि ७८५ जना विदेशीले अनुमति लिएका छन् । यस वर्षको शरद याममा विभिन्न ६७ देशका ९५ वटा टिमले हिमाल आरोहणको अनुमति लिएका हुन् ।

पर्यटन विभागको तथ्याङक अनुसार आरोहणको अनुमति लिनेमा ५९७ जना पुरुष र १८८ जना महिला रहेका छन् । जसबाट ६ करोड ५९ लाख ९३ हजार रुपैयाँ रोयल्टी प्राप्त भएको छ ।  

विभागका अनुसार हिमाल आरोहणमा अनुमति लिएकाहरुमा सबैभन्दा धेरै मनास्लुका लागि ४०४ जनाले अनुमति लिएका छन् । मनास्लु हिमाल आरोहणका लागि अनुमति लिएकाहरुबाट ४ करोड ६२ लाख ९१ हजार ५७६ रुपैयाँ रोयल्टी प्राप्त भएको छ । 

पर्यटन विभागका अनुसार हिमलुङ हिमालका लागि १३१ जनाले अनुमति लिएका थिए । जसबाट ४३ लाख ६५ हजार रुपैयाँ रोयल्टी संकलन भएको छ । त्यस्तै, अमाडब्लम हिमाल आरोहणका लागि ५६ जनाले अनुमति लिँदा २९ लाख २० हजार रुपैयाँ रोयल्टी प्राप्त भएको छ । 

त्यसैगरी, धौलागिरी हिमाल आरोहणमा लागि ३४ जनाले अनुमति लिँदा ५ लाख ७३ हजार ५२५ रुपैयाँ रोयल्टी प्राप्त भएको छ । बरुन्टसे हिमाल आरोहणका लागि १७ जनाले अनुमति लिएका थिए । जसबाट ५ लाख ५१ हजार रुपैयाँ रोयल्टी प्राप्त भएको विभागको तथ्यांकमा उल्लेख छ । 


 

प्रतिक्रिया दिनुहोस