aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

चाडपर्वको अवसरमा शाओमीको मोबाइल फोनहरुमा बिशेष छुट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २४ असोज २०७९
चाडपर्वको अवसरमा शाओमीको मोबाइल फोनहरुमा बिशेष छुट

काठमाडौं । नेपालको नम्बर एक स्मार्ट फोन ब्रान्ड शाओमीले चाडपर्वको अवसर पारेर सिमित अवधिको लागि आफ्नो मोबाइल सेटहरुमा उल्लेखनीय रुपमा मूल्य छुट गरेको छ । चाडपर्वको शुभ अवसर पारेर आफ्ना उपभोक्ताहरुको लागि यो तिहार विशेष योजना ल्याइएको कम्पनीले जनाएको छ । 

शाओमी नेपालका कन्ट्रि जेनेरल म्यानेजर अमित कुमार पंडाले नेपालीहरुको महान चाड तिहार नजिकिँदै गर्दा यस चाडपर्वकोे शुभ उपलक्ष्यमा उपभोक्ताहरुको लागि साबिक भन्दा कम मूल्यमा मोबाइल फोन उपलब्ध गराउन लागिएको बताए । उनले यस अफरसँगै चाडपर्वको माहोल अझै रोमान्चक बन्ने उनको भनाई छ । 

यो अफर अन्तर्गत उपभोक्ताहरुले रेडमी नोट ११ सिरिजमा एक हजार रुपैयाँ, शाओमी १२ सिरिजमा तीन हजार रुपैयाँ र भर्खरै लन्च गरिएको पोको एकपाईभमा पाँच सय रुपैयाँसम्मको कम मुल्यमा मोबाइल सेट खरिद गर्न सक्नेछन् । सिमित अवधिको लागि मान्य यो अफर असोज २४ गते देखि कार्तिक १४ गते सम्म लागु हुनेछ । 
 

प्रतिक्रिया दिनुहोस