aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

थप ५१ जनामा कोरोना संक्रमण २२ जना निको भए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २६ असोज २०७९
थप ५१ जनामा कोरोना संक्रमण २२ जना निको भए

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ५१ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ४५ एन्टीजेन परिक्षण गर्दा ६ गरी जम्मा ५१ जना नयाँ संक्रमित थपिएका हुन् ।     

त्यस्तै, पछिल्लो २४ घण्टामा २२ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९८.७ प्रतिशत रहेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा मृतकको संख्या शुन्य रहेको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट १२ हजार १८ जनाको मृत्यु भइसकेको छ ।  

पछिल्लो २४ घण्टामा एक हजार ७२३ जनाले कोरोना परिक्षण गरेका थिए भने खोप लगाउनेको संख्या ८ हजार ८३१ रहेको छ । हाल सक्रिय संक्रमितको संख्या ५९८ जना रहेका छन् ।     

प्रतिक्रिया दिनुहोस