aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

भारतमा अब ४ जी नेटवर्कमा चल्ने मोबाइल उत्पादन नहुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २७ असोज २०७९
भारतमा अब ४ जी नेटवर्कमा चल्ने मोबाइल उत्पादन नहुने

एजेन्सी । मोबाइल फोन उत्पादक कम्पनीहरूले बुधबार भारत सरकारका उच्च अधिकारीहरूसँग बैठक गरेर अब  ४ जी मोलाइल फोन उत्पादन बन्द गर्ने बताएका छनए। उनीहरूले १०,००० वा सोभन्दा बढी मूल्यका फोरजी स्मार्टफोन उत्पादन बन्द गर्ने निर्णय गरेका हुन। कम्पनीहरूले अब १० हजारभन्दा बढी मूल्यको ५जी कनेक्टिभिटी स्मार्टफोन मात्र बनाउने छन् ।

भारतमा हाल लगभग ७५० मिलियन मोबाइल प्रयोगकर्ताहरू छन्। जसमध्ये १० करोड प्रयोगकर्ताले ५जी स्मार्टफोन प्रयोग गरिरहेका छन् । तर, ३५० मिलियन प्रयोगकर्ताहरू अझै पनि ३जी र ४ जी जडान भएका स्मार्टफोनहरूमा छन्। सबै स्मार्टफोन निर्माताहरूले १०,००० रुपैयाँभन्दा माथिको मोबाइलमा फोरजी वा कम कनेक्टिभिटी नजोड्ने बताएका छन् ।

देशका शीर्ष स्मार्टफोन निर्माताहरुसँगको भेटघाट एक घण्टाभन्दा बढी चलेको थियो । बैठकमा एप्पल, सामसुङजस्ता कम्पनीका कार्यकारी अधिकृतलगायत दूरसञ्चार सञ्चालक पनि पुगेका थिए । यी अपडेटहरू सहज ५जी नेटवर्क प्रदान गर्नका लागि गरिन्छ।

भारती एयरटेल र रिलायन्स जियोले अक्टोबर १ बाट देशका केही शहरहरूमा ५जी सेवा प्रदान गर्न थालेका छन्। एयरटेलले दिल्ली, मुम्बई, बैंगलोर, हैदरावाद, सिलिगुडी, नागपुर र वाराणसीमा सेवा सुरु गरेको छ। योसँगै जिओले दिल्ली, मुम्बई, कोलकाता र वाराणसीमा सेवा सुरु गरेको छ।

५जी सेवा सुरु भएको शहरहरू। त्यहाँका प्रयोगकर्ताहरूले फाइभजी इन्टरनेट सुरु हुनासाथ आफ्नो डाटा सेकेन्डमै हराएको गुनासो ट्विटरमा गरेका छन् । परीक्षणमा ५जी इन्टरनेटको स्पीड ५०० देखि ६०० मेगापिक्सेल प्रति सेकेन्डसम्म रहेको पाइएको थियो ।

प्रतिक्रिया दिनुहोस