aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

अत्याधुनिक सुविधायुक्त २ वटा सुपर डिलक्स सञ्चालन हुँदै

  • प्रजिता पाैडेल
    प्रजिता पाैडेल
  • बुधबार, ०४ भदौ २०७६
अत्याधुनिक सुविधायुक्त २ वटा सुपर डिलक्स सञ्चालन हुँदै

काठमाडौं । संयुक्त यातायात प्र.लि.द्धारा यातायात व्यवस्था मापदण्ड अनुसार सुपर डिलक्स मापदण्डमा आएको सुपर डिलक्स एयर कन्डिसन युक्त बस भदौ ९ गतेबाट सञ्चालनमा ल्याउने भएको छ । संयुक्त यातायातले १ करोड ९ लाख लागतमा ४४ सिट क्षमता भएको बस भदौ ९ गते उद्घाटन गरी सञ्चालन गर्ने भएको छ ।  

काडमाडौं उपत्यका र उपत्यका बाहिर गरी २१० वटा बसबाट सेवा दिदै आएको संयुक्त यातायातले तत्कालको लागि २ वटा र केहि समय पछि २ वटा गरी थप ४ वटा बसले सेवा दिने संयुक्त यातायातका अध्यक्ष भरत तिमिल्सिनाले बताए । 

टिकट काट्नको लागि  उपत्यका बाहिरको हकमा गोगंबु बसपार्कमा टिकट काट्नु पर्ने र उपत्यका भित्र गोंगबु र कपन बसपार्कमा टिकट काट्ने व्यवस्था रहेको छ । 

संयुक्त यातायातमा यात्रा गर्ने यात्रुलाई पानी र कुरकुरे चिप्स निशुल्क वितरण गर्ने अध्यक्ष तिमिल्सिनाले जानकारी दिए । काठमाडौं देखि सिलग्ुडी गएको २ हजार भाडा लाग्ने छ । 

संयुक्त यातायातले हाल उपत्यका भित्र ८० वटा र उपत्यका बाहिर ३० वटा बसले सेवा दिदै आएको अध्यक्षको भनाई छ । तत्कालको लागि उक्त बसले २ सर्भिस दिने भएको छ । दिउसो ३ बजे स्वयम्भुबाट उक्त बस छुट्ने छ । 

उक्त यातायातले उपत्यका बाहिर काठमाडौं देखि सिलगुडी सम्म ४ वटा, काडमाडौं देखि गाइघाट ३ वटा, काठमाडौं देखि जनकपुर १ वटा, काठमाडौं देखि कटारी १ वटा, काठमाडौं देखि हेटौडा ३ वटा, काठमाडौं देखि दामन पालुङ् २ वटा, काठमाडौंदेखि ओखलढुङ्गा २ वटा, काठमाडौं देखि बेनी बाग्लुङ् ३ वटा, काठमाडौंदेखि बुर्विवाङ ३ वटा र काठमाडौंदेखि मुस्ताङ ३ वटा बसले सेवा दिदै आएको अध्यक्षले जानकारी दिए । 

काठमाडौं भित्र कपन, रत्नपार्क, स्वयम्भु, कलंकी, नक्साल, कालीमाटी, नयाँबर्सपार्क चाबहिल जस्ता रूटमा ८० वटा बसले यात्रुलाई सेवा दिदै आइरहेको छ । काठमाडौं उपत्यका भित्र संयुक्त यातायात २७ किलोमिटर गुड्ने गरेको तिमिल्सिनाले बताए । 


 

प्रतिक्रिया दिनुहोस