aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

इकोनोमिक मिडिया सोसाइटीद्धारा निर्वाचन आयोगको ध्यानाकर्षण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ३१ असोज २०७९
इकोनोमिक मिडिया सोसाइटीद्धारा निर्वाचन आयोगको ध्यानाकर्षण

काठमाडौं । आर्थिक मिडियाहरुको संस्था इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)को प्रतिनिधिमण्डलले सोमबार प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई भेटेर ज्ञापनपत्र बुझाएको छ । 

इम्शनले आसन्न आम निर्वाचनका क्रममा आयोगबाट प्रवाह हुने सुचना तथा सन्देशमूलक विज्ञापनहरु अनलाइन मिडियामार्फत नगरी अन्य मिडियाहरुमा मात्रै गर्न लागेको समाचारहरु आएपछि प्रमुख आयुक्त थपलियालाई भेटेर ध्यानाकर्षण गराएको हो । 

संस्थाले पछिल्लो समय जनताको सूचनाको प्रमुख र छिटो माध्यमको रुपमा अनलाइन मिडिया नै रहेको र बहुसंख्यक पत्रकार तथा कर्मचारीहरु पनि यही क्षेत्रमा कार्यरत रहेको अवस्थामा यो क्षेत्रलाई उपेक्षा नगर्न आग्रह गरेको छ ।  

नयाँ मिडियाको भूमिका, योगदान र प्रभावकारीता बढ्दै गए पनि सरकारको उनीहरुप्रति हेर्ने नीति र दृष्टिमा सुधार आउन नसकेको बताउँदै संस्थाका प्रतिनिधिहरुले आसन्न निर्वाचनमा अनलाइन मिडियाहरुलाई विभेद नगर्न आयोगसँग आग्रह गरेको छ । 

प्रतिउत्तरमा प्रमुख आयुक्त थपलियाले मापदण्ड बनाएर अनलाइन मिडियाहरुलाई पनि निर्वाचनसम्वन्धी विज्ञापन उपलब्ध गराउन आफूहरु सकारात्मक रहेको बताए । 

प्रतिक्रिया दिनुहोस