
एजेन्सी । चीनमा फेरि एकपटक कोरोनाको प्रकोप बढ्न थालेको छ । यसको सबैभन्दा ठूलो असर हेनान प्रान्तको राजधानी झेङ्झाउमा देखिएको छ । जसलाई आइफोन उत्पादन केन्द्र भनिन्छ। यहाँको ठूलो आईफोन कारखाना नजिकै रहेको जिल्लामा कोरोना प्रकोप विष्फोट भएपछि त्यहाँ लकडाउन गरिएको छ ।
ब्लूमबर्गको रिपोर्टका अनुसार चीनको कोविड जीरो नीति अन्तर्गत जहाँ पनि कोरोनाका नयाँ केसहरू आइरहेका छन् । त्यहाँ फेरि लकडाउन लगाइएको छ। यो नीति अन्तर्गत ठूलो जनसङ्ख्या भएको झेङझाउमा लकडाउन घोषणा गरिएको छ । आईफोन निर्माता फक्सकन टेक्नोलोजीको प्लान्ट प्रभावित जिल्ला नजिकै छ । जहाँ लकडाउन लगाइएको छ। यद्यपी यस विषयमा कारखाना व्यवस्थापनले कुनै प्रतिक्रिया दिएको छैन ।
प्रतिवेदनमा सरकारी सूचनालाई उद्धृत गर्दै सोमबारदेखि झेंग्झाउका करिब १० लाख मानिसलाई घरमै बस्न भनिएको छ । घरमा कैद हुँदा यी व्यक्तिलाई कोरोना परीक्षणका लागि मात्रै घरबाट बाहिर निस्कन दिइएको छ । यो लकडाउनमा अत्यावश्यक बाहेकका व्यवसाय पनि बन्द गरिएको सूचनामा भनिएको छ । चीन सरकारबाट कोभिड शून्य नीतिमा कुनै परिवर्तन नभएको सङ्केत पनि आएको छ ।
हेनान प्रान्तको यो व्यस्त सहर झेङझाउमा कोरोनाका ६ नयाँ केसहरू भेटिएका छन्। अक्टोबर ९ मा यहाँ कूल कोरोना संक्रमितको संख्या ४० पुगेको थियो । यसबाहेक बेइजिङमा १३ र सांघाईमा ३२ नयाँ कोरोना संक्रमित भेटिएका छन् । चीनमा कोरोनाका ६९७ सक्रिय केसहरू छन्। यहाँ कोरोना सङ्क्रमितको सङ्ख्यामा कमी आए पनि कोभिड शून्य नीतिअन्तर्गत सरकार कोरोनाबारे कुनै ढिलाइ गर्ने मूडमा छैन ।
चीनमा कोरोनाका नयाँ केस आउने यस सम्बन्धका कारण देशको अर्थतन्त्रमा पनि असर पर्न सक्छ । विगतमा आएका रिपोर्टका अनुसार चीनको अर्थतन्त्रको गति सुस्त हुँदै गएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले पनि सन् २०२२ मा चीनको आर्थिक वृद्धिदर ३ दशमलव २ प्रतिशत रहने प्रक्षेपण गरेको छ भने सन् २०२३ मा ४ दशमलव ४ प्रतिशतको वृद्धिदर हुने प्रक्षेपण गरेको छ । यस्तो अवस्थामा कोरोनाका केस बढेमा यो चिनियाँ अर्थतन्त्रका लागि ठूलो संकट हुनेछ भन्ने स्पष्ट छ ।
प्रतिक्रिया दिनुहोस