aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

ग्राउन्ड ह्यान्डलिङ सेवा पुनः निजी विमान कम्पनीलाई दिइदै, युरोपियन कालोसूचीबाट हट्न सक्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०२ कार्तिक २०७९
ग्राउन्ड ह्यान्डलिङ सेवा पुनः निजी विमान कम्पनीलाई दिइदै, युरोपियन कालोसूचीबाट हट्न सक्ने

काठमाडौं । नेपाल वायुसेवा निगमको ग्राउन्ड ह्यान्डलिङ सेवामा समस्या आएमा नेपाल भरीका विमानस्थल बन्द हुने नेपाल नागरिक उड्डयन प्राधिकरण महानिर्देशक प्रदिप अधिकारले बताएका छन् । बुधबार प्राधिकरणमा आयोजना गरिएको पत्रकारसम्मेलनमा उनले भने, निगमका कर्मचारी आन्दोलन गरेर हड्तालमा गए भने सबै अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुन्छ।

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका अनुसार ग्राउन्ड ह्यान्डलिङ सेवा सञ्चालन गर्न पाउने कानुनी अधिकारलाई प्रयोग गरेर निजी क्षेत्रको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सलाई ग्राउन्ड ह्‍यान्डलिङ सञ्चालनको जिम्मा दिने तयारी गरेको छ। कुनै पनि वायुसेवा कम्पनीले साताको ३५ वटा उडान गरेबापत ग्राउन्ड ह्यान्डलिङ सेवा दिन सक्ने कानुनमा उल्लेख गरिएको छ।

युरोपको उड्डयन कालोसूचीबाट मुक्त हुन वर्षौदेखिको प्रयास असफल हुँदै आउँदा नेपाली उड्डयन क्षेत्रसहित सम्पूर्ण वायुसेवा कम्पनीमाथि कालो बादल मडारिएको छ। युरोपेली आयोगले युरोपेली युनियन (इयू) हवाई सुरक्षा सूची अद्यावधिक गर्दै नेपाली वायुसेवालाई त्यहाँको आकासमा उडान गर्न लगाएको प्रतिबन्ध यस वर्ष पनि कायमै रहेपछि मुलुकको नागरिक उड्डयन सुरक्षामा थप प्रश्न उठेको छ। नेपाल २०७० मंसिर २० मा कालोसूचीमा परेपछि लगातार उक्त सूचीमा नै राख्दै आएको छ । 

विश्वको औसतभन्दा पनि राम्रो नेपालको हवाई सुरक्षा स्थिति हुँदाहुँदै पनि फेरि पनि नेपाल युरोपियन हवाई उड्ड्यन आयोगले  युरोपियन हवाई सुरक्षा सूची विगत लामोसमयदेखि आफ्नो आकाशमा नेपाली वायु सेवा कम्पनीहरूको हवाइजहाजलाई उडान गर्न प्रतिवन्ध लगाउनु आफैमा अचम्म रहेको प्राधिकरणका महानिर्देशक अधिकारीले बताए । 

नेपालको हवाई सुरक्षा स्थितिमा राम्रो सुधार रहेको भनी आईकाओका प्रतिनिधिहरूले आफ्नो मुख्यालयमा प्रतिवेदन बुझाएको समेत अधिकारीले बताए । जब विश्वमा औसत हवाई सुरक्षा स्थिति कम्तीमा ६० प्रतिशत हुनुपर्ने भन्ने भनाइ रहेको छ । यही आधारमा यस वर्षदेखि युरोपियन युनियनअन्तर्गत रहेको र युरोपका प्रायः सबै देशलाई प्रतिनिधित्व गर्ने गरी गठन भएको र युरोपियन युनियनअन्तर्गत रहेको युरोपियन हवाई उड्ड्यन आयोगले ‘युरोपियन हवाई सुरक्षा सूची’बाट नेपाल हट्ने विश्वास रहेको उनले बताए । 

 

प्रतिक्रिया दिनुहोस