aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

डिशहोममा रिचार्ज गर्दा जितपुर सिमराका राजन दाहालले जिते एक लाख

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०३ कार्तिक २०७९
डिशहोममा रिचार्ज गर्दा जितपुर सिमराका राजन दाहालले जिते एक लाख

काठमाडौं । अब १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाईने भएको छ । यो योजना अन्तर्गत डिशहोम डिटिएचका ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ बर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउने छन् । साथै यो अफर अन्तर्गत रिचार्ज गर्ने मध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद रु एक लाख जित्ने अवसर पाउनेछन् । 

यसै क्रममा जितपुर सिमरा उप(महानगरपालिका वार्ड नं १६  महान्द्रनगर सखुवाघाट निवासी राजन दाहालले एक लाख रुपैयाँ जितेका छन् । श्लोक इलेक्ट्रोनिक्स सप्ल्यार्स हेटौडाको डिलर अन्र्तरगत रहेको बारा, सखुवाघाटका सह-बितरक गीता इन्टरप्राइजका डिलर दाई राजेश थापा मगरकोमा एक वर्ष रिचार्ज गरेर दाहालले लक्कि ड्रमा सहभागी हुने अवसर पाएका थिए । 

डिशहोमको तर्फ वाट एरिया सेल्सम्यन्जेर सन्जिब कार्की, सेल्स अफिसर गौरव घिमिरे , श्लोक इलेक्ट्रोनिक्स सप्ल्यार्सका शिवराम श्रेष्ठ  बाट जितेको पुरस्कार रकम हस्तान्तरण गरेका छन् ।  विजेता दाहाललाई हार्दिक वधाई दिदै सम्पुर्ण डिशहोम डिटिएचका ग्राहकहरुले यो योजनामा सहभागी जनाई लाभ लिनेछन् भन्ने विश्वास कम्पनीले लिएको छ । लक्कि ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टिभी, रमाईलो एचडी, सरोकार टिभी, नेपाः च्यानल र डिशहोम सोकेसमा हेर्न सक्नेछन् । 

प्रतिक्रिया दिनुहोस