
काठमाठौं । पछिल्लो २४ घण्टामा नेपालमा ५३ जना नयाँकोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ५० एन्टीजेन परिक्षण गर्दा ३ गरी जम्मा ५३ जना नयाँ संक्रमित थपिएका हुन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमति भन्दा निको हुने धेरै रहेका छन् । यस अवधिमा ५१ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९८.७ प्रतिशत रहेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा मृतकको संख्या शुन्य रहेको छ ।
हालसम्म नेपालमा कोरोना संक्रमणबाट १२ हजार १८ जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा एक हजार ५७१ जनाले कोरोना परिक्षण गरेका थिए भने खोप लगाउनेको संख्या १५ हजार ३५९ रहेको छ । हाल सक्रिय संक्रमितको संख्या ७२७ जना रहेका छन् ।
प्रतिक्रिया दिनुहोस