aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

हिमाल आरोहणका लागि १११९ विदेशीले लिए अनुमति, ७ करोड बढि रोयल्टी संकलन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०३ कार्तिक २०७९
हिमाल आरोहणका लागि १११९ विदेशीले लिए अनुमति, ७ करोड बढि रोयल्टी संकलन

काठमाडौं । नेपालका विभिन्न हिमाल आरोहणका लागि एक हजार ११९ जना विदेशीले अनुमति लिएका छन् । यस वर्षको शरद याममा विभिन्न ७६ देशका १३५ वटा टिमले हिमाल आरोहणको अनुमति लिएका हुन् । पर्यटन विभागको तथ्याङक अनुसार आरोहणको अनुमति लिनेमा ८६८ जना पुरुष र २५१ जना महिला रहेका छन् । जसबाट ६ करोड ५९ लाख ९३ हजार रुपैयाँ रोयल्टी प्राप्त भएको छ ।  

विभागका अनुसार हिमाल आरोहणमा अनुमति लिएकाहरुमा सबैभन्दा धेरै मनास्लुका लागि ४०४ जनाले अनुमति लिएका छन् । मनास्लु हिमाल आरोहणका लागि अनुमति लिएकाहरुबाट ७ करोड ९९ लाख ६८ हजार ६४९ रुपैयाँ रोयल्टी प्राप्त भएको छ । 

पर्यटन विभागका अनुसार मनास्लु हिमालका लागि ४०४ जनाले अनुमति लिएका थिए । जसबाट ४ करोड ६२ लाख ९१ हजार रुपैयाँ रोयल्टी संकलन भएको छ । त्यस्तै, अमाडब्लम हिमाल आरोहणका लागि २५० जनाले अनुमति लिँदा एक करोड ३१ लाख १८ हजार रुपैयाँ रोयल्टी प्राप्त भएको छ । 

त्यसैगरी, हिमलुङ हिमाल आरोहणमा लागि १५६ जनाले अनुमति लिँदा ५१ लाख ८७ हजार ३१० रुपैयाँ रोयल्टी प्राप्त भएको छ । बरुन्टसे हिमाल आरोहणका लागि ३७ नाले अनुमति लिएका थिए । जसबाट १२ लाख ९ हजार रुपैयाँ रोयल्टी प्राप्त भएको विभागको तथ्यांकमा उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस