aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

कोरोना भाइरसको नयाँ भेरियन्ट नेपालमा पनि भेटियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०६ कार्तिक २०७९
कोरोना भाइरसको नयाँ भेरियन्ट नेपालमा पनि भेटियो

काठमाडौं । विश्वभरी फैलिएको कोरोना भाइरसको नयाँ भेरियन्ट नेपालमा पनि भेटिएको छ ।  कोरोना भाइरसको पछिल्लो नयाँ सब भेरियन्ट एक्सबीबी नेपालमा भेटिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अनुसार जिनोमिक सिक्वेन्सिङका क्रममा एक जना नेपालीमा उक्त सब भेरियन्ट भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा समिर अधिकारीका अनुसार गत २१ साउन देखि १४ असोजसम्म कोभिड – १९ को विभिन्न उमेर समूहका व्यक्तिहरुबाट संकलित नमूनाको परिक्षणमा उक्त नयाँ भेरियन्ट भेटिएको छ । 

प्रतिक्रिया दिनुहोस