
काठमाडौं । नेपालमा पहिलो पटक कोरोना भाइरस ओमिक्रोनको सवभेरियन्ट भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार नेपालमा पहिलो पटक ओमिक्रोन सवभेरियन्ट एक्सबीबीका संक्रमित फेला परेका हुन् ।
मन्त्रालयले देशका विभिन्न ठाउँबाट गत साउन २१ देखि असोज १४ सम्म विभिन्न उमेर समूको नमूनाबाट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा केही नमूनाको जिनोमिक पहिचानको क्रममा उक्त संक्रमण पाइएको विज्ञप्तिमार्फत जनाएको छ ।
मन्त्रालयले यो भेरियन्ट विभिन्न देशहरूमा समेत फैलिरहेको र कोभिड–१९ को संक्रमण बढेको सन्दर्भमा मास्कको उचित प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने, बेलाबेलामा साबुनपानीले हात धुनेजस्ता जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्न गराउन सचेतसँगै अनुरोध गराएको छ ।
प्रतिक्रिया दिनुहोस