aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

ट्विटरका नयाँ मालिक मस्कसँग भारतीय नायिकाले यस्तो माग राखिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ११ कार्तिक २०७९
ट्विटरका नयाँ मालिक मस्कसँग भारतीय नायिकाले यस्तो माग राखिन

एजेन्सी । इलोन मस्क ट्विटरको नयाँ मालिक बनेपछि भारतीय नायिकाका फ्यानले नयाँ माग राखेका छन्। एलोन मस्क सामाजिक सञ्जालमा लगातार चर्चामा छन्। भारतमा पनि यसप्रति जनताले चर्को प्रतिक्रिया दिइरहेका छन् ।

अभिनेत्री कंगना रनौतको ट्विटर एकाउन्ट गत वर्ष निलम्बन गरिएको थियो । कंगनालाई ट्वीटरको नियम उल्लंघन गरेको आरोप लागेको थियो । अहिले उनी इन्स्टाग्राममा पोष्ट गर्छिन् । इलोन मस्क ट्विटरको मालिक बनेपछि कंगनाका फ्यानले उनको एकाउन्ट रिस्टोर गर्न माग गरेका थिए ।

एक फ्यानले कंगनाको र  डोनाल्ड ड्रम्पको टिव्टर ब्लक गरिएको खाताको स्क्रिनसट शेयर गरेकी छिन्। प्रयोगकर्ताले यसलाई क्याप्शन गरे, ‘स्वतन्त्रता र भाषणको लागि आशा छ यी खाताहरु पुनर्स्थापित गर्नुहुन्छ।’

कंगनाले इन्स्टाग्राम स्टोरीमा प्रयोगकर्ताको पोस्ट सेयर गरेकी छिन् । कंगनाले एक समाचार लेखको हेडलाइन पनि शेयर गरेकी छिन् । जसमा लेखिएको छ, ‘इलोन मस्कले ट्विटरको जिम्मेवारी लिन्छ र सीईओ पराग अग्रवाललगायत उच्च पदमा रहेका अन्य व्यक्तिहरूलाई हटाए साथै कंगनाले ताली बजाउने इमोजी सेयर गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस