aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

पुराना नेता हराउ अभियानको  ‘नो नट अगेन’ ट्रेण्डिङमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ११ कार्तिक २०७९
पुराना नेता हराउ अभियानको  ‘नो नट अगेन’ ट्रेण्डिङमा

काठमाडौं । पुराना नेतालाई हराउ अभियान निर्वाचन आयोगले ‘नो नट अगेन’ अहिले चर्चामा रहेको छ । निर्वाचन आयोगले यसको फेसबुक पेज तथा ग्रुपलाई बन्द गर्न निर्देशन दिएपछि त झन व्यापक आलोचनासँग चर्चामा रहेको छ । 

सामाजिक सञ्जालमा यतिबेला ह्यासट्याग नो नट अगेन ट्रेन्डिङमा रहेको छ । नेपालको ट्रेन्डिङ सूचीमा ह्यासट्याग नो नट अगेन पहिलो स्थानमा रहेको देखिन्छ । । कात्तिक ८ गते आयोगले निर्वाचन मंसिर ४ गतेका लागि तय भएको अवस्थामा लाञ्छनापूर्ण अभिव्यक्ति तथा भ्रामक र द्वेषपूर्ण श्रव्यदृश्य सामग्री प्रकाशन गरेको भन्दै ‘नो नट अगेन’ पेज तथा ग्रुप हटाउन निर्देशन दिएको थियो । 

प्रतिक्रिया दिनुहोस