
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीको दादागिरीका कारण अलपत्र परेका २४७ जना यात्रुलाई आज दिल्ली पठाइने भएको छ । आइतबार रद्द भएको काठमाडौं(दिल्ली उडान सोमबार (आज) हुने भएको हो। प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको दादागिरीले नेपाल वायुसेवा निगमको काठमाडौं-दिल्ली उडान रद्द भएको थियो।
झण्डै एक सय नेपाली जापान, अमेरिका लगायतका मुलुक जान पर्ने यात्रुहरु अलपत्र परेका छन। कोड सेयरिङमार्फत निगमले दिल्ली पुर्याउने ती यात्रु अलपत्र परेका हुन। महानिर्देशक प्रदिप अधिकारीको साताभित्र उडान नगरे उडान कटौती गर्ने धम्कीपूर्ण निर्णय अपरिपक्व हुँदा नेपाल वायु सेवा निगमका यात्रु अलपत्र परेका हुन। गत शुक्रबार निगमको जहाज गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान नगरेमा उडान कटौती गर्ने धम्की दिएका थिए ।
प्रतिक्रिया दिनुहोस