aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

रियाल म्याड्रिडले दियो नेयमारको लागि ३ खेलाडी र १११ मिलियन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०६ भदौ २०७६
रियाल म्याड्रिडले दियो नेयमारको लागि ३ खेलाडी र १११ मिलियन

एजेन्सी । स्पेनिस क्लब रियाल म्याड्रिडले आफ्नो क्लबमा नेयमार अनुबन्ध गर्न ३ खेलाडी र १११ मिलियन अमेरिकी डलरको प्रस्तावलाई पेरिस सेन्ट जर्मेन (पीएसजी) ले अस्वीकार गरेको छ ।


रियालले नेयमारलाई अनुबन्ध गर्नको लागि ग्यारेथ बेल, केलर नाभास र हामेस रोड्रिग्वेजसहित १११ मिलियन अमेरिकी डलरको प्रस्ताव गरेको थियो तर उक्त प्रस्तावलाई पीएसजीले अस्वीकार गरिदिएको छ ।

पीएसजीले त्यसअघि बार्सिलोनाको प्रस्तावलाई पनि नकारेको थियो । बार्सिलोनाले नेइमारलाई पुनः क्लब भित्र्याउनका लागि ९३ मिलियन पाउण्ड र फिलिप कोन्टिन्हो तथा इभान रेकिटिकको प्रस्ताव गरेको थियो ।

पिएसजीले नेइमारका लागि बार्सिलोनासँग ९३ मिलियन पाउण्ड र कोन्टिन्हो, रेकिटिक र पोर्चुगिज राइट–ब्याक नेल्सन सेमेडो मागेको थियो । अहिले फिलिपे कोउटिन्हो जर्मन क्लब बार्यन म्युनिखमा अनुबन्धन भएका छन् ।

यससँगै समर ट्रान्सफर सकिने संघारमा रहँदा नेयमारको सरुवा अझै अनिश्चित बनेको छ ।

प्रतिक्रिया दिनुहोस